गौर सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद

74

रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले मंगलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त गोली बरामद गरेको हो ।

गस्ती टोलीले कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको झोलाभित्र ९ एमएम राउन्ड जस्तो देखिने २७ थान गोली फेला पारेको जनाएको छ ।

बरामद गरिएका गोली कसले, कुन प्रयोजनका लागि र कसरी उक्त स्थानमा छाडेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.