नवलपुरमा बोलेरो पिकअप र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, १३ जना घाइते

76

नवलपुर, १० मंसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

प्रहरीका अनुसार गएराति लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १३ जनामध्ये गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ। सामान्य चोटपटक लागेका अन्य घाइतेहरू स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन्।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.