सशस्त्र प्रहरीद्वारा ५ किलो गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

61

वीरगञ्ज, ७ भदौ । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ५ किलो गाँजाजस्तो देखिने प्रतिबन्धित लागुऔषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल एफओबी जयमंगलापुरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की तथा सिटमुनि लुकाइछिपाई राखिएको अवस्थामा उक्त पदार्थ फेला पारेको हो।

लागुऔषधजस्तो देखिने पदार्थ, मोटरसाइकल तथा दुवै भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.