नारायणी अस्पतालका बिरामीका कुरुवालाई प्रबेज अख्तरले गरे फलफूल वितरण

62

वीरगञ्ज, ११ असोज ।

समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका संस्थापक सदस्य प्रबेज अख्तरले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीका कुरुवालाई फलफूल वितरण गरेका छन्।

अस्पतालमा बिरामीको उपचारका क्रममा लामो समयदेखि कुरुवा बसिरहेका आफन्तले आर्थिक, मानसिक तथा शारीरिक कठिनाइ झेल्नुपरेको अवस्थालाई मध्यनजर गर्दै अख्तरले फलफूल वितरण गरेका हुन्।

कठिन परिस्थितिमा रहेका कुरुवालाई केही राहत पुर्‍याउनुका साथै उनीहरूमा आत्मीयता र मनोबल बढाउने उद्देश्यले मानवीय सेवाअन्तर्गत फलफूल वितरण गरिएको अख्तरले बताए।

फलफूल वितरण गर्दै उनले दुःख र पीडाको समयमा एक–अर्कालाई साथ, सहयोग र सहानुभूति दिनु नै मानवीयताको महत्वपूर्ण पक्ष भएको बताए। समस्यामा परेका, विपन्न तथा असहाय नागरिकलाई आफ्नो क्षमता अनुसार सहयोग गर्ने संस्कारलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

फलफूल प्राप्त गरेका बिरामीका कुरुवा तथा आफन्तले खुसी व्यक्त गर्दै अख्तरलाई धन्यवाद दिएका थिए। अस्पतालमा लामो समय बस्नुपर्ने अवस्थामा प्राप्त हुने यस्ता सहयोगले कठिन परिस्थितिमा राहतसँगै आत्मीयताको अनुभूति गराउने उनीहरूको भनाइ थियो।

रास्वपा पर्साका संस्थापक सदस्यसमेत रहेका अख्तरले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै सहयोग आवश्यक रहेका नागरिकलाई आफ्नो क्षमताअनुसार साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.