वीरगन्ज यातायात कार्यालय अगाडि पल्सर चोरी गर्ने युवक पक्राउ,

106

 

एआईद्वारा निर्मित तस्बिर।

वीरगञ्ज २७ पर्सा। पर्सा प्रहरीले मोटरसाइकल चोरी अभियोगमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ निवासी ३२ वर्षीय दिपेन्द्र कुमार गुप्ताको नाममा दर्ता रहेको प्रदेश २–०३–०११ प ६३५० नम्बरको २२० सीसीको कालो–रातो पल्सर मोटरसाइकल वीरगञ्ज महानगरपालिका–१३ स्थित नारायणी यातायात कार्यालय अगाडिबाट चोरी भएको थियो।

प्रहरीका अनुसार पार्किङ गरी राखिएको उक्त मोटरसाइकल लक तोडी चोरी गरी भगाइएको अवस्थामा स्थानीय र प्रहरीको सहयोगमा खोजतलास गर्दा वीरगञ्ज महानगरपालिका–१३ निवासी २० वर्षीय अक्तर हुसेनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका हुसेनमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave A Reply

Your email address will not be published.