महानगरपालिकाद्धारा एक्सेल कलेजमा सिलबन्दी

350

वीरगंज १७ । वीरगंज महानगरपालिकाले एक्सेल कलेजमा सिलबन्दी गरेको छ । शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो ।

आइतबार महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेको टोलीले कंचनजंघा इंग्लिस स्कुल र ज्ञानबाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गर्दै वीरगंजको वडा नं ११ मा एक्सेल कलेजमा स्वीकृति लिएको र फरक नाममा सञ्चालन गर्दै आएको भेटिएकाले त्यसमा सिल गरिएको अधिकृत लामीछानेले बताए ।

उनका अनुसार महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था संचालन गरेको भेटिएपछि त्यसमा सिल गरिएको उनको भनाई छ । उनले भने एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक नाममा सञ्चालन रहेको भटिएपछि हामीले कलेज सिल गरेका हौँ’ ‘विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा कंचनजंघा र ज्ञानबाटीका बोर्डिङ स्कुलको हुने तर पढाइ हुने फरक भवनमा विद्यालयको राखिएको नाम, विद्यार्थीको आइडी कार्ड, लगायत एक्सेल कलेज किर्ते नाममा चलेको पाइयो जुन नाम महानगरपालिकामा दर्ता छैन’ उनी अगाडि भन्छन्, ‘दर्ता नभएपछि महानगरपालिकाले चिन्ने कुरा आउँदैन यस्ता नचिनिएका अवैधानिक विद्यालयहरु शैक्षिक सत्रको सुरुवातबाटै सिल गर्न सुरु गरेका हौं ।’महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका मेन्टेश्वरी कोचिङ सेन्टर, कन्सल्टेन्सी पनि सिल गर्ने तयारी गरेको अधिकृत लामिछानेले बताए ।

गएको वर्ष पनि महानगरले विभिन्न ९ वटा शैक्षिक संस्थामा सिलबन्दी गर्दै जरिबाना असुल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.