अभिभावकमाझ विश्वास बढाउँदै नवदीप एकेडेमीले गरायो सबै विद्यार्थीको पूर्ण बीमा

84

वीरगञ्ज, साउन २१।

नवदीप एकेडेमी ले आफ्ना सम्पूर्ण विद्यार्थीहरूको नेको इन्स्योरेन्स मार्फत पूर्ण बीमा (Full Insurance) गराएको छ। विद्यार्थीहरूको सुरक्षा तथा आकस्मिक जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आफ्नै खर्चमा यो बीमा व्यवस्था गरेको जनाएको छ।

विद्यालयकी प्रधानाध्यापक सुषिला साह का अनुसार बीमा सम्झौताअनुसार कुनै विद्यार्थी दुर्घटनामा परेमा उपचार खर्चबापत रु. १ लाखसम्म तथा दुर्घटनाका कारण मृत्यु भएमा रु. ५ लाखसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

प्रधानाध्यापक साहले विद्यालयले आफ्नै स्रोतबाट यस्तो व्यवस्था गरेको बताउँदै यसबाट अभिभावकहरूमा विद्यालयप्रतिको विश्वास अझ बढेको विश्वास व्यक्त गरिन्। उनले विद्यार्थीहरूको सुरक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यलाई केन्द्रमा राखेर विद्यालयले निरन्तर काम गरिरहेको र आगामी दिनमा पनि विद्यार्थीहितका यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।

विद्यालयका अनुसार यस पहलले विद्यार्थीहरूको सुरक्षाप्रति विद्यालयको जिम्मेवारीलाई थप सुदृढ बनाउनुका साथै अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउँदा अझ बढी ढुक्क महसुस गर्ने वातावरण सिर्जना भएको छ।

Leave A Reply

Your email address will not be published.