समाज सेवामा योगदानको कदर गर्दै शम्भु पासवान सम्मानित

16

वीरगञ्ज, श्रावण २१ — गुरु पूर्णिमाको अवसरमा आयोजित मूल समारोहमा अस्वस्थताका कारण उपस्थित हुन नसक्नुभएका नेपाल अपाङ्ग संघका अध्यक्ष शम्भु पासवानलाई विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ।

वीरगञ्जस्थित गहवामाई मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय अध्यक्ष कृष्ण खनालले अध्यक्ष पासवानलाई सम्मानपत्र प्रदान गर्नुभएको हो। कार्यक्रममा बृहस्पति फाउण्डेसन नेपालका अध्यक्ष डा. पुरुषोत्तम दुबेको विशेष उपस्थिति रहेको थियो।

समाज सेवा, अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षण, सहयोग तथा धर्म–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा अध्यक्ष पासवानले पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै बृहस्पति फाउण्डेसन नेपालले उहाँलाई सम्मान गरेको जनाएको छ।

कार्यक्रममा वक्ताहरूले अध्यक्ष पासवानको निःस्वार्थ सेवा, समर्पण र सामाजिक योगदानको प्रशंसा गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

Leave A Reply

Your email address will not be published.