तेरापन्थ युवक परिषद् वीरगञ्जको ‘ब्लड अन कल’ मार्फत चार दिनको नवजात शिशुलाई आपतकालीन AB+ रक्त उपलब्ध
वीरगञ्ज, साउन २३ आनन्द पटेल
तेरापन्थ युवक परिषद्, वीरगञ्जको ‘ब्लड अन कल’ अभियानअन्तर्गत आपतकालीन अवस्थामा एक नवजात शिशुलाई आवश्यक एबी पोजेटिभ (AB+) रक्त उपलब्ध गराइएको छ।
मिति २०८३ साउन २० गते नेशनल मेडिकल कलेजमा उपचाररत सबिता देवीको चार दिनको शिशुलाई एबी पोजेटिभ रक्तको एक युनिट तत्काल आवश्यक रहेको जानकारी परिषद्ले प्राप्त गरेको थियो।
रक्तको आवश्यकताबारे जानकारी पाएपछि ‘ब्लड अन कल’ का संयोजक आशीष चौरडियाको अगुवाइमा मनीर अन्सारीले आपतकालीन रक्तदातासँग समन्वय गरी रक्तको व्यवस्था गरेका थिए। सो क्रममा रूपेश प्रसाद यादवले ब्लड बैंकमा पुगेर रक्तदान गरी आवश्यक रक्त उपलब्ध गराएका हुन्।
आपतकालीन अवस्थामा रक्तदान गरी शिशुको उपचारमा सहयोग पुर्याएको भन्दै तेरापन्थ युवक परिषद्, वीरगञ्जले रक्तदाता यादवप्रति आभार व्यक्त गरेको छ। परिषद्ले रक्तदाताको जागरूकता र मानवीय सेवाका कारण बिरामीलाई आवश्यक समयमा रक्त उपलब्ध गराउन सफल भएको जनाएको छ।
‘सेवा 🔸 संस्कार 🔶 संगठन’ भन्ने मूल भावनाका साथ तेरापन्थ युवक परिषद्ले नियमित रूपमा रक्तदान तथा रक्त व्यवस्थापनसम्बन्धी सामाजिक सेवा गर्दै आएको छ।