निःशुल्क आँखा शिविरबाट १७२ लाभान्वित, ४२ जनामा मोतिया बिन्दु पहिचान

66

जगरनाथपुर, पर्सा । जगरनाथपुर गाउँपालिका–१ पाणेपुरस्थित मदरसामा आयोजित निःशुल्क आँखा शिविरबाट १७२ जना लाभान्वित भएका छन्। दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।

मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न शिविरमा सामुदायिक आँखा अस्पतालका शिविर संयोजक राजेश चौधरी, पिपरडाढी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामलखन चौरसिया, समाजसेवी शिवजी शाह कलवार, पन्नालाल पटेल, शहरुम राउत गद्दी, सोनु मिश्रा, डा. प्रद्युम्न चौधरी, कृष्णा शाहलगायतको उपस्थिति थियो।

शिविरमा १७२ जनाको आँखा परीक्षण गर्दा ४२ जनामा मोतियाबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ। यस्तै, आवश्यकताअनुसार ३८ जनालाई औषधिको ड्रप उपलब्ध गराई घर पठाइएको थियो।

मोतियाबिन्दु देखिएका ४२ जनाको यही भदौ १३ गते शनिबार वीरगञ्जस्थित सामुदायिक आँखा अस्पतालमा पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.