आगामीअधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण

366

वीरगञ्ज १८ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार संसद सचिवालय सिंहदरबारमा बिभिन्न बिषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतक संग सामूहिक रुपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशन अगावै बिधेयकहरु पारित गर्ने गरि तयारी गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

आगामी अधिवेशनमा आउन सक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगााएतका बिषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।

अझैपनि धेरै विधेयकहरु समितिमा टुङ्गो लाग्न बाँकी रहेको र छिटो टुङ्ग्याउने काममा गति दिन आफुले आग्रह गरेको उहाले बताउनुभयो ।

उहाले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेराहरु हल गर्न सवैले भूमिका खेल्न आग्रह गरेको बताए ।

Leave A Reply

Your email address will not be published.