तोकिए भन्दा बढी मूल्यमा ग्यास बिक्री गर्ने स्टोरलाई २ लाख जरिवाना

80

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डर तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्दा तोकिएको भन्दा बढी मूल्य लिएको भन्दै ‘हेलो सरकार’ को वेब पोर्टलमार्फत (टिकट नं. HS-WEB-188…) गुनासो दर्ता गराएका थिए।

उक्त गुनासोका आधारमा ‘हेलो सरकार’ को समन्वयमा विभागको अनुगमन टोली सम्बन्धित स्टोरमा पुगेको थियो। अनुगमनका क्रममा कैफियत भेटिएपछि स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको ‘हेलो सरकार’ ले जनाएको छ।

यस घटनामा गुनासो दर्ता गर्ने उपभोक्ता र तत्काल कारबाही प्रक्रिया अघि बढाउने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई ‘हेलो सरकार’ ले धन्यवाद दिएको छ।

साथै, उपभोक्ता ठगीमा परेमा वा सार्वजनिक सेवासम्बन्धी समस्या आएमा निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो दर्ता गराउन सरकारले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.