आठ दिने तपस्यापछि पंकज बोथराको तपसंपूर्ति संस्कार सम्पन्न

17

वीरगञ्ज, असोज १ —

अखिल भारतीय तेरापंथ युवक परिषद् (एबीटीवाईपी) को निर्देशनमा तेरापंथ युवक परिषद् वीरगञ्जले जैन संस्कार विधिको महत्व र प्रयोगलाई समाजमा विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको छ।

यसैक्रममा तेरापंथ युवक परिषद् वीरगञ्जका कोषाध्यक्ष पंकज बोथराको आठ दिने तपस्याको तपसंपूर्ति संस्कार बिहीबार बिहान ७ः४५ बजे वीरगञ्जस्थित उहाँकै निवासमा सम्पन्न भएको छ।

संस्कारक पंकज बैद र परिषद्का द्वितीय उपाध्यक्ष सुमित सेठियाले विधिवत् मन्त्रपाठ तथा जैन संस्कार विधिअनुसार तपसंपूर्ति कार्यक्रम सञ्चालन गरेका थिए। तपसंपूर्ति सम्पन्न भएपछि कार्यक्रममा सहभागी परिषद्का पदाधिकारी तथा तेरापंथी सभा सदस्यहरूले पंकज बोथराको तपस्याको अनुमोदन गर्दै गीतिकाको संगान गरेका थिए।

कार्यक्रममा तेरापंथ युवक परिषद् वीरगञ्जका अध्यक्ष सुनील दुगड, मन्त्री पियूष जम्मड, एबीटीवाईपी डब्लूएम लोकेश जम्मड, रक्तदान अनकलका आशीष चोरडिया, राजेश बोथरा, अल्का बोथरालगायत परिवारका सदस्य तथा समाजका अन्य व्यक्तिहरूको उपस्थिति थियो।

तेरापंथ युवक परिषद् वीरगञ्जले **‘सेवा, संस्कार, संगठन’**लाई आफ्नो मूल उद्देश्यका रूपमा अघि बढाउँदै जैन संस्कार विधिलाई समाजका घर–घरमा पुर्‍याउने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.