सशस्त्र प्रहरीको टोलीद्वारा भुसाको गोठबाट १० लाख ५८ हजारको कपडा बरामद

36

वीरगञ्ज, असोज २ ।

पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवाबाट सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार गाईभैंसीको भुसा राख्ने गोठमा लुकाइछिपाइ राखिएको अवस्थामा कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बेवारिसे अवस्थामा फेला परेको विभिन्न किसिमका कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले बरामद कपडाको कुल मूल्य १० लाख ५८ हजार ५४० रुपैयाँ रहेको जानकारी दिए।

Leave A Reply

Your email address will not be published.