विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा प्याब्सन पर्सा र वीरगञ्ज महानगरद्वारा शुभकामना आदानप्रदान

66

वीरगञ्ज आनन्द पटेल ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र वीरगञ्ज महानगरको संयुक्त आयोजनामा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउने बताए। उनले शैक्षिक क्षेत्रको विकासका लागि विद्यालय सञ्चालक, शिक्षक तथा सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै सबैलाई चाडपर्वको शुभकामना व्यक्त गरे।

त्यसैगरी, प्याब्सनका वरिष्ट सल्लाहकार प्रकाश उपाध्यायले चाडपर्वले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आपसी सम्बन्धलाई थप सुमधुर बनाउने बताए। उनले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरे।

कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साहले चाडपर्वले आपसी सद्भाव, एकता र भाइचारालाई थप प्रगाढ बनाउने बताइन्। उनले शैक्षिक क्षेत्रको विकास र गुणस्तरीय शिक्षाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिन्।

कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका तर्फबाट सरोज प्रसाद चौधरी र प्याब्सन वीरगञ्ज महानगरका तर्फबाट उपाध्यक्ष शर्मानन्द कुशवाहाले गरेका थिए।

कार्यक्रममा प्याब्सन पर्साका महासचिव अशोक संग्रौला, प्याब्सन वीरगञ्ज महानगरका सचिव अमित आलोक, ज्ञाना एकेडेमीका निर्देशक राजेन्द्र कोइराला , लालबहादुर गुरुङ, विजय बल लगायत प्याब्सनका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले एक अर्कालाई चाडपर्वको शुभकामना आदानप्रदान गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

Leave A Reply

Your email address will not be published.