मास्कोट एकेडेमीमा देउसी–भैलो र छठको रौनक, चार सदनका विद्यार्थीले देखाए प्रतिभा

120

वीरगञ्ज । मास्कोट एकेडेमी प्लस टुको आयोजनामा अन्तरसदन देउसी–भैलो तथा छठ पर्वसम्बन्धी प्रतियोगिता विद्यालय परिसरमा भव्यताका साथ सम्पन्न भएको छ।

विद्यालयका सञ्चालक विजय शाहको सभापतित्व तथा वीरगञ्ज महानगरपालिका–५ का वडा अध्यक्ष प्रदीप चौरसियाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चौरसियाले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले देउसी–भैलो तथा छठ पर्वजस्ता मौलिक संस्कार र संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।

उहाँले यस्ता सांस्कृतिक कार्यक्रमले विभिन्न जातजाति, भाषा, धर्म, लिङ्ग तथा वर्गका मानिसबीच एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

प्रतियोगितामा विद्यालयका एलो, निलो, रातो र हरियो गरी चारवटा सदनका विद्यार्थीहरूले देउसी–भैलो तथा छठ पर्वसँग सम्बन्धित गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए। आ–आफ्नो सदनको प्रतिनिधित्व गर्दै विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रमले विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्पराप्रति रुचि तथा आकर्षण बढाउन सहयोग पुर्‍याएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका सञ्चालक मनिष कुशवाहा, प्रशासन प्रमुख जयनाथ महतो, एसियाली खेलाडी तथा नेपालका च्याम्पियन खेलाडी, मास्कोटको स्पोर्ट्स हेड महमद वेश , नेपाल पत्रकार महासंघ मधेश प्रदेश कमिटीका सदस्य अजय शाह, निर्णायक मण्डलका सदस्य अजमत  अली र अङ्किता प्रधान, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, शिक्षक रियाज शाहलगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सोनाली मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षक अविजित ठाकुरले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

विद्यालयका सञ्चालक मनिष कुशवाहाका अनुसार प्रतियोगिता मार्फत विद्यार्थीहरूलाई नेपाली मौलिक संस्कृति, चाडपर्व र परम्पराको महत्त्वबारे जानकारी गराउँदै सांस्कृतिक संरक्षण तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको थियो।

Leave A Reply

Your email address will not be published.