वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गराउन आयोगको प्रस्ताव

74

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव गरेको छ।

शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित कार्यतालिका प्रस्तुत गरेको हो।

छलफलका क्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रस्ताव उपयुक्त रहेको बताएका छन्। यद्यपि, यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि मात्रै अन्तिम धारणा सार्वजनिक गर्ने उनले बताएका छन्।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापालगायतका नेताहरू सहभागी थिए। एमाले अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचन आयोग पुगेका थिए। तर, उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएका थिए।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते समाप्त हुँदैछ।

सोही समयसीमालाई मध्यनजर गर्दै निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी र सम्भावित तालिकाबारे राजनीतिक दलहरूसँग परामर्श थालेको हो।

Leave A Reply

Your email address will not be published.