परवानिपुर गाउँपालिका वडा नं ५ अन्तरगत बहुअरी टोलको वडा कार्यालय पशु अस्पतालमा परिणत हुँदै

347

 

२८, बैशाख बारा आनन्द पटेल
बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा रहेको वडा कार्यालय अहिले पशु अस्पतालमा परिणत हुदै गएको छ ।

यस वडा कार्यालयमा बिगत ९ वर्ष देखि यहाँका स्थानियहरुले आफ्ना पशुहरुको औषधि उपचार यस वडा कार्यालय अन्तरगत रहेको एउटा सानो कोठरीमा गराउदै आएका छन । दिनहु गाई, भैँसी, खसी, बाख्रा लगायतका सर्यौ पशुहरुको उपचार यस कार्यालयमा हुदै आएको पशु चिकित्सक डा. अनिल कुमार मण्डलले जानकारी दिए । उनले बि.स.२०७२ साल देखी स्थानिय निर्वाचनको एक वर्ष अगाडी देखी नै पशुहरुको उपचार समबन्धी सेवा दिदै आएका छन । पछि स्थानिय सरकार आईसकेपछि यहा वडा कार्यालयको ब्यवस्थापन भयो ।

वडा कार्यालय ब्यवस्थापन भईसकेपछि डा. मण्डलले आफ्ना लागि अन्तै कार्यालये बयवस्थापनको माग गरे । त्यतिबेलाका वडा अध्यक्ष रामेश्वर साह कलवारले पछि ब्यवस्थापन गर्ने आश्वासन दिए । गजबको कुरा के छ भने उनि लगातार दोस्रो पटक पनि वडा अध्यक्षमा र्निवाचित भईसकेका छन । अहिले पनि उनि नै वडा अध्यक्ष हुन । तर ९ वर्ष विति सक्दा पनि उनले पशुहरुको राम्रोसंग उपचार गर्नका निमित अहिलेसम्म कुनै कदम अगाडी बढाएको देखीदैन ।

यस समबन्धमा पशु चिकित्सक डा. अनिल कुमार मण्डलसंग बुझदा उनले अफिस ब्यवस्थापनको लागि आफुले पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको बताए । उनले भने “ यसरी वडा कार्यालयमा काम गर्दा अप्ठयारो भएको बताए । बन्द कोठामा गर्नुपर्ने काम यसरी आकाशमुनि गर्नु परेको छ ।

ब्यवस्थापन नहुँदा खासगरी गाई, भैसी जस्ता ठुला जनावरहरुको उपचारमा समस्या हुन्छ । कतिपय स्थानियहरु यहाँ आउन मान्नु हुदैन त्यसको लागि आफुलाई गाउँमै पुगेर उपचार गर्ने बाध्यता छ । ९ वर्षमा सरकार फेरिए पनि यहाँको अवस्था अहिलेसम्म नफेरिएको डा. मण्डलले बताए । ‘
स्थानिय पानमती देवीले आफ्नो घरमा ५ वटा बाख्राहरु रहेको, कहिलेकाही उनहिरुको उपचार गराउन जादा वडा कार्यालय मै पुग्नुपर्छ । त्याहा जादा धेरै मानिसहरु बसेका हुनछन आफुलाई लाज पनि लाग्छ । तर पनि बाध्य भएर पनि उनिहरुको उपचार गराउन त्यही जानु परेको छ ।

उनि जस्ता धेरै स्थानियहरुको यस्तै गुनासो रहेको छ । तर सिंह दरबार भनेर चिनिने स्थानिय सरकारको यस्ता किसिमको बिकासले गर्दा मानिसहरु जहिले पनि दुख भोग्दै आईरहेका छन । गजबको कुरा के छ भने यो परवानिपुर गाउँपालिका देशकै सब भन्दा सानो पालिका हो । तर बिकासको नाउमा यहाका जनप्रतिनिधिहरु सडक, नालामा मात्र बढी जोड दिएका छन ।

यस पालिकाको उपप्रमुख सुगान्धी देवी कनुईन वडा नं ५ बहुअरी टोलकै बासी हुन । उनको कार्यकाल पनि २ वर्ष बित्न लागिसकेको छ तर उनको पनि यता ध्यान पुग्न सकेको छैन । स्थानिय सरकारले बढी स्वास्थय, शिक्षा रोजगारी, लगाएतका बिषयमा बजेट र्निधारण गरे पनि लागु गर्न सकेको छैन । कहिलेसम्म यो समस्याको समाधान हुन्छ त्यो हेर्न बाकी नै छ ।

Leave A Reply

Your email address will not be published.