जेठ १५, वीरगञ्ज । नेपालमा व्यवस्था परिवर्तन भए तर अवस्था परिवर्तनको अनुभुती जनताले गर्न नसकेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले बताएका छन् ।
आज वीरगञ्ज स्थित होटल राज प्यालेशमा अयोजीत पत्रकार सम्मेलनमा बोल्दै महतोले व्यस्था परिवर्तन हुने तर अवस्था परिवर्तन नहुनुको कारण जनताले त्यसको खेजी गरिरहको बताउनु भयो । उनले जनताको लागी ७/७ वटा संबिधान बनाउने, पटक–पटक व्यवस्था फेरिने तर जनताको जिवन अस्तरमा कुनै वदलाव नआएको टिप्णी गर्नुभयो ।
महतोले अहिले नेपाली जनताले महागाई, असुरक्षा, अभाव र काण्डै काण्ड जस्ता वित्रिस्ना पाईरहेका छन् । आज गण्त्रन्त्रको दिनमा जनताले यस प्रकारका समिक्षा पाईरहेका छन् जुन देश र जनताको लागी ठिक नभएको कारण यो चिन्ताको बिषय भएको जिकिर गर्नु भयो ।
नेपालको निमार्ण जुन चरित्र, आर्दश र जुन धरातलमा निमार्ण भयो नेपालको संचालन ठिक त्यसको बिपरीत संचालनमा भईरहेको गुनासो व्यक्त गरे ।