राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने माधव नेकपाको धारणा

330

जेठ १८, वीरञ्गज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा लिखुसंग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको हो । राज्यका स्रोत साधनहरु जनताको हितमा सोच बिचार गरेर परिचालन गर्नुपर्ने उहाको भनाइ छ । अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उहाले बताउनुभयो । अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरु धेरै राम्रोगरि आएको धारणा राख्नुभयो ।

उहाले राष्ट्रिय राजनीतिलाई सहज रुपमा अघि बढाउन ध्यान पुराउदै संवेदनशील हुनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.