वीरगंज, २१ जेठ । वीरगञ्ज( लाइसेन्स ट्रायल परीक्षा पास गराइदिने भनी ठगी गर्ने दुई जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका वडा नं। ३ घर भई वडा नम्बर १० मा कान्तिपुर ड्राइभिङ स्कुल ९सेन्टर० सञ्चालन गरी बस्ने रमेश पाठक र रौतहट गौर नगरपालिका(१ वस्ने श्याम नारायण साह रहेका छन्।
पक्राउ परेका दुबै जनाले यातायात व्यवस्था कार्यालय रौतहट, गौरको राजदेवी नगरपालिका(२ मा रहेको ट्रायल सेन्टरमा कार्यालयबाट सञ्चालन गरी लिइँदै आएको सवारीचालक अनुमतिपत्रको ट्रायल ९प्रयोगात्मक० परीक्षामा सहभागी हुन आउने विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूले सेवाग्राहीलाई प्रलोभनमा पारी एकजना सेवाग्राहीबाट दस हजारदेखि तीस हजार रकमसम्म असुल्ने गरेको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरिले जानकारी दिइन्।
दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको गिरिले बताइन्। साभार देश सञ्चार