राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको जनार्दन सिंह क्षेत्रीको जिकिर

377

वीरगंज, २१ जेठ । राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको नेपाली कांग्रेसका मधेस प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्रीले बताउनु भएको छ ।

आज मधेश प्रदेश सभाको तेश्रो अधिवेशनको बैठकमा बोल्दै क्षेत्रीले यस्तो बताउनु भएको हो । उहाँले अहिलेको सरकारको कुनै अवचित्य नरहेको पनि जिकिर गर्नुभयो । संघिय प्रदेशिक तथा जुनसुकै सरकार बन्ने बितिकै सरकार दुई महिना तिन महिनामात्रै टिक्ने मनोबृत्री आबी रहेको काँग्रेस पर्साका सभापति समेत रहेका क्षेत्रीको भनाई थियो ।

कम समय टिक्ने सरकारले देशको बिकास कसरी गर्न सक्ने भन्ने प्रशन समेत उहाँले गर्नु भयो । क्षेत्रीले यसरी बन्ने र ढल्ने सरकार एउटा राष्ट्रिय समस्याको बिषय समेत रहेको बताउनु भयो ।मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको आजको लागि आह्वान गरिएको छ ।

सत्ता साझेदारी दुई दल बाहिरिएसँगै विश्वासको मतसमेत फिर्ता लिएपछि आह्वान गरिएको यो अधिवेशन सबैको चासो बनेको छ ।मधेश प्रदेश सरकार मन्त्रिपरिषद्रको जेठ १३ गतेको बैठकबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो

Leave A Reply

Your email address will not be published.