जेठ २१ वीरगञ्ज । बारा प्रहरीले ४३ लाख बराबरको अवैध समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ पथलैया चोकबाट ना ६ ख १३०२ नम्बरको नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराको खटिएको ईकाइ प्रहरी टोलिले चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समान भेटिएको बारा प्रहरीले जनाएको छ ।
स्रोत खुलाउन नसकेको ४६ लाख ७३ हजार २ सय ५६ रूपैया बराबरको हार्डवेयर, कपडा,टायर तथा अन्य खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नयाव निरिक्षक बिरेन्द्रराज गुरुङ्गले बताए ।
उनका अनुसार नियन्त्रणमा लिएको समान सहित ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाईएको बताए ।