खानेपानीको नाउँमा बाटो भत्काएपछि आवत जावतमा दैनिक समस्या भोग्दै स्थानीय

318

जेठ २३, वीरगञ्ज । बढदो गर्मी र सुख्खाका कारण वीरगञ्जमा पानीको समस्या पछिल्लो दुई वर्ष देखि निरन्तर रहि आएको छ । पानीको समस्या समाधानको लागि वीरगञ्जमा रोड तथा गलीहरुको बाटोमा गरिएको खाल्डो खुल्डीको कारण आवत जावतमा कठीनाई भएको सर्वसाधारणहरुको गुनासो छ ।

वीरगञ्ज महानगरपालिका वडा नं ८ गहवाको रोल्वेरोडमै ठुलो खाल्डो गरी पानीको पाईपलाईन बिस्तार गरिएको छ । खानेपानी सँस्थानले खानेपानीको नाउँमा बाटो भत्काएपछि आवत जावतमा दैनिक समस्या हुने गरेको स्थानीय नन्दु साह ले गुनासो गरेका छन ।उनले खाल्डा खुल्डी परेको बाटामा थुप्रे पटक दुर्घटना पनि भएकोले अबिलम्ब बनाउनु पर्ने माँग गरे ।

महानगरको बाटो संरचना भत्काएर नेपाल खानेपानी संस्थान वीरगञ्ज बितरण केन्द्रले जिर्ण बनाएको वीरगञ्ज महानगरपालिकाका प्रशासकी अधीकृत मातृका भट्टराईले बताए ।भत्किएको सँरचना तथा बाटोलाई खानेपानीले नै बनााउनु पर्ने उनले बताए ।तर खानेपानकिो सहजताको लागि भन्दै सुरुमा जुन ढङ्गले संरचना भत्काईयो त्यो अब मान्यनहुने भट्टराईले बताए ।

यता पाईपलाईन बिस्तार भएपछि बाटोको संरचना बनाउन सकिने तर बिस्तार गरीएको पाइपलाईको पानी लिक हुने सम्भावना बढि हुने गरेको खानेपानी सँस्थानकै एक कर्मचारीले बताएका छन । बाटो सडकमा पानीको पाईपलाईन जडान गर्ने क्रममा भत्काईएको संरचना स्वयमले नै बनाउनु पर्ने उनको भनाई छ ।

जनतालाई पानीको सेवा प्रवाह गर्न सकिने भएता पनी व्यवस्थित बनाउनु पर्ने जिम्मा समेत समब्धित निकायकै हुने छ ।

Leave A Reply

Your email address will not be published.