वीरगञ्जमा २ महिला सहित १ सय ३१ जनाले गरे रगत दान

360

जेठ २६,वीरगन्ज । नेपालको मुख्य प्रवेशद्वार भनेर चिनिने शंकराचार्य गेट अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गर्मीको समयमा रक्तदान कार्यक्रममा कमि देखिएकोले अस्पतालमा उपचाररत बिरामीहरुलाई सहयोगको भावना राखेर आज शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

सामुदायिक प्रहरीको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित १ सय ३१ जनाले रगत दान गरेको रेडक्रसका राजन श्रीवास्तवले जानकारी गराए ।

सो अवसरमा वडाअध्यक्ष, स्थानिय, प्रहरी, युवा, पत्रकार तथा रक्तदाताहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.