एक महिने आधारभूत संकेतिक भाषा तालिम शुरु ,तालिम केवल संङकेतिकको लागि मात्र होइन – महरा ।

315

जेठ ३१, वीरगञ्ज। पर्सा बहिरा संघ बिरगंजको आयोजना तथा बिरगंज महानगरपालिकाको सहयोगमा बिरगंज महानगर पालिका वडा न.१७ अलौको श्री द्वारदेबि माबिमा एक महिने संङकेतिक आधारभूत भाषा तालिम शुरु भएको छ। पर्सा बहिरा संघका अध्यक्ष समिक्षा सापकोटाको सभापतित्व तथा बीरगंज महानगरपालिका वडा न.१७ का वडा सदस्य खुब लाल महराले तालिमको उदघाटन गर्नुभएको हो । तालिमको उदघाटन समारोहमा उनलेे भने 

साङकेतिक भाषा केवल कान नसुन्नेको लागि मात्र नभैई घरपरिवार समाज र सार्वजनिक स्थानमा  कानसुन्नेहरुले पनि यो भाषा सिक्न अति आवश्यकता रहेको बताएका छन् । हामी यदि ऊ संग सम्बाद गछौ भने उसले पनि र आफुले पनि बुझ्न जरुरी हुने भएकोले केवल उनीहरूका लागि मात्र नभइ यो भाषा अन्य ब्यक्तिको लागि पनि उतिकै महत्त्वपूर्ण रहेको महराले बताए ।

सर्वसाधारण मानिसले सान्केतिक भाषा नबुझ्दा बहिरा ( कान नसुन्ने ) हरुले आफ्नो मनका कुरा र केहि कुरा भन्न खोज्दा समस्या हुने भएकोले अहिलेको यो एक महिने आधारभूत सान्केतिक भाषा तालिमले उपलब्धि हुने बताएका छन् ।

तालिमको उद्घाटन समारोहमा पर्सा बहिरा संघका सल्लाहकार सगुन श्रेष्ठ , संघका उपाध्यक्ष उमेश कुमार गुप्ता , सचिब अजय कर्ण , कोषाध्यक्ष जुल्फकार अन्सारी , , कृष्ण टिबडेवाल , लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम सन्चालन दोभाषे अर्चना कर्णले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.