सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरको जनचेतना मुलक कार्यक्रम समपन्न

174

 

२० भर्दै , वीरगंज
सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ ले आज जनेतना मुलक कार्यक्रम समपन्न गरेको छ । संस्थाका अध्यक्ष राम सरार्फको नेतृत्वमा मानव बेचविखन तथा ओसारपोसार सम्बन्धी कार्यmम समपन्न भएको हो ।

सामाजिक अभियानको २५ वर्षको अवसरमा सडकमा आवतजावत तथा पसलहरुमा जनचेतना मूलक पम्प प्लेट तथा पर्चा वितरण गरिएको हो । मानव अधिकारको सम्मान गरौं मानव बेचबिखन तथा ओसारपोसार अन्तय गरौं भन्ने मुल नाराको साथ आज देशभर एकैसाथ कार्यक्रम मनाईएको हो ।

सडकमा आवतजावत गर्ने वटुवा देखि स्थानियको घरमा तथा पसलहरुमा समेत उक्त पर्चा वितरण गरिएको सचिव दिलिप प्रधानले जानकारी दिए । पर्चामा उल्लेख भए अनुसार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कुनै पनि उदेश्यले मानिस बेच्ने वा किन्ने कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्या वृत्तिमा लगाउने प्रचलित कानुन बमोजिम संजाय हुने ब्यवस्था रहेको भनिएको छ।

त्यसैले त्यस्ता गतिविधि नगर्न यदि गरेको फेला परे कडा सजाय हुने उल्लेख गरिएको छ। पर्चा वितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयालाल साह, सचिव दिलिप प्रधान , प्रहरी हवल्दार सुभाष कुमार यादव, वडा प्रहरी कार्यालय श्रीपुरका सहायक प्रहरी हवल्दार सुशील कुमार जैसवाल ,प्रसनी बलिराम सिंह ,प्रहरी सहायक हवल्दार विनोद चौधरी ,प्रहरी जवान राजु चौरसिया,महिला सदस्यहरु प्रमिला शाहि,मधु सिंह राजपुत,रोशनी लुङगेली,एनामुलहक देवान ,मुनेश लायोमगर ,निर्मल ताम्राकार लगायतको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.