वीरगन्जमा अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न, जुनियर तर्फ सनसाईनका बिराज पटेल दोस्रो

197

वीरगञ्ज । वीरगन्जमा प्याब्सन पर्सा प्रथम अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न एको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन ९प्याब्सन० पर्सा जिल्ला कार्य समिति र महानगर समितिको संयुक्त आयोजनामा वीरगन्जको स्वीमिङ पुलमा पौडी प्रतियोगिताको सम्पन्न भएको छ ।

प्रतियोगिताको ५० मिटर सिनियरतर्फ साउथ जोन माबिका सुजल चौधरी प्रथम, मुनलाईट माबिका सत्येन्द्र यादव दोस्रो, नवदिप एकेडमीका बिजय महतो तेस्रो भएका छन् । प्रतियोगितामा सनसाईनका राम, जीवनज्योतीका राजन मुरुर र ब्यूल ह्याभेनका अमित कुमारले सात्वना पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी जुनियरतर्फको २५ मिटर फ्रि स्टाईल सनलाईट माबिका बिक्रम महतो प्रथम, सनसाईनका बिराज पटेल दोस्रो, ज्ञान एकेडमीका सोनु पटेल तेस्रो भएका थिए । जुनियरतर्फ विकोन माविका कामेश घोषल, मास्कोट एकेडेमीका सोनव आलम र सफल एकेडेमीका राजीव चौधरीले सान्त्वना पुरस्कार पाएको प्रतियोगिताका संयोजक तथा लिटिल एञ्जल माविका निर्देशक तथा प्रधानाध्यापक सनी पाख्रिनले जानकारी दिए ।

प्याब्सनका पर्सा अध्यक्ष पुरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथि एवं नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठले उदघाटन गरेका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्याब्सनका प्रदेश बरिष्ठ उपाध्यक्ष श्याम केसी, बरिष्ठ सल्लाहाकार लालबाबु पटेल, मणी पाख्रिन, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, कोषाध्यक्ष सुशिला साह, महानगर सचिव राहुल श्रीवास्तव, पत्रकारहरु जगत राई, सन्तोष रञ्जितकार, दीपक चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २० वटा विद्यालयका जुनियर र सिनियर गरी ४० जना विद्यार्थीहरुले भाग लिएको प्रतियोगिताका संयोजक पाख्रिनले जानकारी दिए । प्रतियोगितामा पौडी प्रशिक्षक जगत घिसिङ लगायतको टोलीले निर्णायक भूमिका निर्वाह गरेका थिए ।

ब्मखभचतष्कmभलत
सनी पख्रिनले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्याब्सन महानगरका अध्यक्ष आलोक चौरसियाले गरेका थिए भने धन्यवाद ज्ञापन प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.