प्याब्सन पर्साले कार्तिक ९ गते टाउन हलमा लोक नृत्य प्रतियोगिता आयोजना गर्ने

109

कार्तिक, ७ पर्सा
निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल पर्सा बीरगंज र प्याब्सन महानगरपालिकाले संयुक्त रूपमा बीरगंजको नगर सभा हलमा लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल पर्साका अध्यक्ष पुरन प्रधानले पत्रकार सम्मेलन मार्फत नेपाली संस्कृति र संस्कारलाई जगेर्ना गर्ने उदेश्यले यो प्याब्सनले पर्साले अहिले ठूलो जमर्को गरेको बताए ।

युवा युवतीहरुले अहिले आफ्नो भाषा संस्कृतिलाई विसर्ने गरेकोले निजी बिधालयहरुले गुणस्तरीय शिक्षा संगै आफ्नो परामपराको विभिन्न संस्कृति कसरी जोगाउने भन्ने बारेमा लागि परेको सो पत्रकार सम्मेलनमा प्याब्सन पर्साका अध्यक्ष प्रधानले बताएका छन् । निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल संग आबद्ध भएका २३ वटा बिधालयका विद्यार्थीहरुले आ,आफ्नो प्रतिभा प्रस्तुति गर्ने अध्यक्ष प्रधानले बताएका हुन । त्यसैगरी प्याब्सन महानगरपालिका अध्यक्ष एवम् कार्यक्रम संयोजक आलोक चौरसियाले भने अहिले नेपालको विभिन्न भाषा संस्कार संस्कृतिको संरक्षण कसरी गर्नुपर्छ भन्ने चिन्ता बढेकाले निजी बिधालयले यो अभियान शुरु गर्न लागेको बताए ।

उनले बताए अनुसार हरेक भाषाको पोषक संग जोडिएको कलचर रहने भएकोले काठमाडौं बाट नै निर्णयक मण्डलहरु आउने भएकोले आ,आफ्नो बिधालयले एउटा मात्र संस्कृति देखाउने भएकोले यो लोक नृत्य आफैंमा उत्कृष्ट रहने बताएका छन। लोक नृत्यमा पोषक देखि नृत्य समेत कठिन हुने भएकोले यो आफैंमा जतिलता हुने भएकोले तयारी पनि त्यस्तै भइरहेको नगर अध्यक्ष चौरसियाले बताएका छन् ।

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी ,उपाध्यक्ष शिवजी गुप्ता ,कोषाध्यक्ष राम किशोर यादव नगर कोषाध्यक्ष सुरज पटेल ,नगर सचिव सन्नी पाख्ररिङ,सल्लाहकार हरिश्याम ठाकुर ,शर्मानन्द कुशवहा,अमित आलोक,प्रविन चौधरी लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन अशोक संग्रोलाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.