पर्सा बचत सहकारी संस्था को ३१ औं साधारण सभा सम्पन्न

92

कार्तिक १०, बीरगंज,
पर्सा बचत सहकारी संस्थाको ३१ औं साधारण सभा बीरगंजको गीता मंदिरको सभा हॉलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीपति चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखा संयोजक दुर्गा प्रसाद जायसवालद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन एवम संस्थाका सचिव मुक्तिनाथ प्रसाद साहद्वारा प्रस्तुत सचिवको प्रतिबेदनलाई सम्पूर्ण शेयर धनी सदस्यहरुले ताली बजाएर अनुमोदन गरेका थिए । सो अवसरमा संस्थामा उत्कृष्ट योगदनको कदर गर्दै अध्यक्ष चौधरीले संस्थाका सचिव मुक्तिनाथ प्रसाद साह तथा सदस्य मदन गुप्तालाई प्रमाण(पत्र एवम दोसल्ला ओढाई सम्मान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.