छठ पर्व मनाउन सय थान साडी सहयोग

96

वीरगंज १७ कार्तिक , अभिलाष गुप्ता

छठ पर्वको शुभ अवसरमा समाजसेवी राजेश बर्नवालले बिन्दवासिनी गाउपालिका वडा नं ५ भेलाहा टोलमा १०० थान साडी ,नरिवल र अगरबत्ती लगायतका छठपूजा सामग्राी वितरण गरेका छन ।

प्रत्येक वर्ष झै यस वर्ष पनि वडा नं ५ भेलाहा टोलमा निशुल्क साडी तथा छठ पूजा सामग्री वितरण गरिएको समाजसेवी हर्षित वर्णवालले बताए । आस्था एवं श्रद्धाको महापर्व छठ पूजा मधेश लगायत देशभरी नै घरघरमा बडो श्रद्धापुर्वक मनाउने गरिएको छ । ८ वर्ष अगाडिसम्म मेरो श्रीमतीले छठपूजा गर्दथिन पछि पूजा बसाएर ८ वर्षदेखी बिपन्न परिवारले पनि यो पर्व मनाउन सकुन भनी थोरै सेवा सहयोग गर्ने आफनो प्रयास  रहेको वर्नणलले बताए ।

कार्यक्रममा नेपाल बार एसोसिएसन पर्साका पुर्व अध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले दिनदुखी असहायको सेवा सहयोग गर्नु नै मानवको सर्बोत्तम धर्म भएको हुनाले समाजसेवी वर्नवालको खुलेर प्रशंसा गरेका थिए ।

निशुल्क सामाग्री वितरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिका नेपाली काङ्ग्रेसका गाउँ इकाई कमिटी अध्यक्ष बिवेक चौरसियाले वीरगन्ज देखि यहाँ गाउँसम्म पुगेर छठ सामाग्री सहयोग उपलब्ध गराइ मानवता बल्लियो बनाउने समाजसेवी वर्नवाल परिवारलाई धन्यवाद दिएका थिए ।

निशुल्क छठ सामाग्री वितरण कार्यक्रममा वडा सदस्य हरिन्द्र मुखिया ,युवा अभियन्ता उपनिवेश चौरसिया, छठुलाल चौरसिया लगायत स्थानिय अग्रज  महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण वीरगन्ज कपडा बैंकका अध्यक्ष संचारकर्मी लालबाबु सिंहले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.