अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० रनमा अल आउट

46

काठमाण्डौ – भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेष्ट शृङ्खला आजदेखि शुरु भएको छ । बोर्डर गावस्कर ट्रफी सन् २०२४र२५ को पहिलो टेस्टको आज पहिलो दिन अष्ट्रेलियाको पर्थमा खेल भइरहेको छ ।

भारतीय टोली पहिलो पारीमा एक सय ५० रनमै समेटिएको छ । उसका डेब्यू खेलाडी नितिशकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए । ऋषभ पन्तले ३७ रन र केएल राहुलले २६ रनको योगदान दिए । यी तीनबाहेक ध्रुव जुरेलले मात्रै दोहोरो अङ्कको रन बनाए । उनले ११ रन बनाए । अष्ट्रेलियाका जोस हेजलवुडले चार विकेट लिए ।

त्यस्तै प्याट कमिन्स, मिचेल स्टार्क र मिचेल मार्सले समान दुईरदुई विकेट लिए । अस्ट्रेलियाले पहिलो पारी शुरु गरेको छ । पाहुना टोली भारतका कप्तान जसप्रित बुमराहले टस जितेर पहिला ब्याटिङ रोजेका थिए । तर भारतीय टोलीले कमजोर शुरुवात गर्‍यो । उसले ७५ रन जोड्दा छ विकेट गुमाएको थियो । यो टेस्टमा नितिशकुमार रेड्डी र हर्षित राणाले भारतीय टोलीका लागि डेब्यू गरेका छन् । पहिलो खेलमा रोहित शर्मा अनुपस्थित छन् । त्यस्तै अष्ट्रेलियाका लागि नाथन म्याकस्विनीले डेब्यू गरेका छन् । यसपटक भारत निक्कै दबाबमा छ ।

यसअघि न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको तीन खेलको टेस्ट शृङ्खलामा भारत ३–० ले पराजित भएको थियो । सन् २००० यता घरेलु मैदानमा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक थियो । अष्ट्रेलियासँगको यो टेस्ट शृंखलाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।

अस्ट्रेलियाले फाइनल पुग्न शृंखलाका बाँकी सातमध्ये पाँच जित्नुपर्नेछ । लर्डस्मा आउँदो जुनमा हुने फाइनलमा पुग्न भारतले अहिलेको शृंखला ४–० ले जित्नुपर्नेछ । यी दुई देशबीचको दोस्रो खेल डिसेम्बर ६, तेस्रो खेल डिसेम्बर १४, चौथो खेल डिसेम्वर २६ र पाँचौ तथा अन्तिम खेल जनवरी ३ तारिखमा शुरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.