नारायणी अस्पतालमा ५५० जना बिरामी तथा असहायहरु लाई निशुल्क भोजन

39

वीरगंज स्थित नारायणी अस्पतालको प्रङनमा ५५० जना बिरामी तथा असहायहरु खाना खुवाइएको छ । बिरगंज समाज सेवा को आयोजनामा आज २९ औं सप्ताह अस्पताल प्रागंनमा निशुल्क खाना खुवाइएको हो । अस्पतालका बिरामी , कुरुवा तथा , रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब असहाय हरुनिशुल्क भोजन अभियानबाट लाभन्बित हुने गरेका छन ।
बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताको अध्यक्षतामा निशुल्क भोजन कार्यक्रम हरेक शनिबार आयोजना हुने गरेको सचिव प्रकाश बाहेतीले जानकारी गराएका थिए।
आजको निशुल्क भोजन शिविर सेवामा २ बोरा चामलको भात ,दाल ,आलु परवलको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियोे । यहाँ पकाईएको खाना घरमा पकाईएको जस्तै स्वादिलो एवम् पोसिलो हुने गरेको निशुल्क भोजन शिविर बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले बताएका थिए। आजको कार्यक्रममा बिरामी एवं उनका कुरुवाहरु , गरिब तथा असहायहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।आजको यो नि९शुल्क भोजन कार्यमा उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बाहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु अभिलाष गुप्ता,मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , नवनित अग्रवाल , बैधनाथ प्रसाद कलवार , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , राधेश्याम गुप्ता , सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो । सेवा नै धर्म हो , गरिब , दिन दुस्खि , असहायहरुलाई भोजन गराउनु जस्तो अरु धर्म केहि पनि होईन , हामीहरु आफ्नो लागि मात्र बाचिरहेका छौ , अरुको लागि पनि केहि गरौ भन्ने सोचका साथ हामी साथी भाईहरु मिलि आफ्नो निजि खर्चबाट संचालन गरेको अध्यक्ष अशोक गुप्ताले जानकारी गराएका थिए।

Leave A Reply

Your email address will not be published.