वीरगञ्ज महानगरपालिकाद्धारा महिला क्रिकेट खेलाडी साना प्रवीण एसइई प्रथम भएकी रिया साहलाइ सम्मान

20

वीरगञ्ज महानगरपालिकाले महिला क्रिकेट टोलीकी खेलाडी साना प्रवीण र २०८० सालको एसइई परीक्षामा पर्सा जिल्लामा उच्चतम जिपिए हासिल गर्दै प्रथम भएकी रिया साहलाइ सम्मान गरेको छ ।

महानगरले प्रवीणलाई नगद ५१ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरेको छ भने रिया साहलाई उच्च शिक्षा अध्ययनमा प्रोत्साहनका लागि ल्यापटप प्रदान गरेको हो । साना प्रवीणले हालै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्यान्ड विरुद्ध अर्ध शतक प्रहार गरी नेपालको कीर्तिमानी साझेदारी गर्दै ओपनर ब्याटरको रूपमा आफ्नो क्षमता प्रमाणित गरेकी थिइन् ।

यस्तै, रिया साहले आफ्नो शैक्षिक उत्कृष्टताले पर्सा जिल्लामा छोरीहरूको क्षमतालाई उदाहरणीय बनाउँदै उच्चतम जिपिए ल्याएर सफलता हासिल गरेकी हुन् । कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रूपमा सम्मान हस्तान्तरण गरेका थिए ।

प्रमुख सिंहले वीरगञ्ज र नेपालको नाम विश्व स्तरमा चिनाउने कार्यमा साना प्रवीणको योगदानलाई प्रशंसा गर्दै रिया साहको सफलताले शिक्षामा छोरीहरू पनि अब्बल छन् भन्ने सन्देश दिएको बताए ।

उनले छोरीहरूको आत्मबल बढाउन महानगरले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै साना र रियाले आफ्नो क्षेत्रमा थप मेहनत गरेर वीरगञ्जको प्रतिष्ठा उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले छोरीहरूलाई पढाइ र खेलकुदमा प्रोत्साहन गर्ने घरपरिवारको भूमिका प्रशंसा गरे । कार्यक्रममा महानगरका कार्यपालिका सदस्य र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.