विभिन्न कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको स्थापना दिवस मनाईयो

49

२१ मंसिर, वीरगंज

नेरेसो पर्सा जिल्ला शाखाद्वारा विभिन्न कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको स्थापना दिवस मनाईएको छ । स्थापना दिवसको अवसर विहान रतmसंचार केन्द्रमा झन्डोत्तोलन र माल्यार्पण कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेलको अध्यक्षता तथा नेरेसो गरिएको पर्सा शाखाका कार्यवाहक मन्त्री साविर अहम्मद एराजले जानकारी दिनुभयो ।

झन्डोत्तोलन पछि रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युना र नेपाल रेडक्रसका संस्थापक अध्यक्ष प्रिन्सेप शाहको तस्बिरमा अबिर, फूलमाला चढाइ सम्पुर्ण रेडक्रसकर्मिमा शुभकामना आदानप्रदान गरिएको थियो । तत् पश्चात् रतmसंचार केन्द्रमा आयोजित रतmदान कार्यक्रमको आयोजना गरिएको छ । शाखाका सभापति विरेन्द्र राज कडेलले रतmदान गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा रेडक्रस पर्साका उपसभापति श्रीमती मधु राणा, कार्यवाहक मन्त्री साविर अहम्मद एराज,कोषाध्यक्ष महन्थ यादव, कार्यसमितिका सदस्यहरु, स्वयमसेवक,लगायत उपशाखाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको कार्यसमिति सदस्य शिवनाथ यादवले जानकारी दिनुभयो ।

रतmदानलाई व्यवस्थित गर्न अनलाईन सफटवेयरको शुरुवात

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले रतmसंचार केन्द्रको सेवा प्रभावकारी बनाउनका लागि आजबाट सफटवेयरको शुरुवात गरेको छ । रतmदानको सम्मपुर्ण विवरण सहितको सफटवेयर शुभारम्भ गरिएको सभापति विरेन्दराज कडेलले बताउनु भयो । यो सफटवेयरको शुरुवातसंगै मोवाईल एप्प मार्फत रतmदाताले आफनो व्यतिmगत विवरण, रतmसंचार केन्द्रमा संचित रहेको रगतको विवरण, रतmदान कार्यक्रमको विवरण पाउन सकिन्छ । यसले समय समयमा हुने रगतको अभावलाई कम गर्न तथा रतmदान कार्यक्रमलाई अझ व्यस्थित गर्न मदत पुग्ने सभापति कडेलले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.