रकम नदिएकै भरमा सशस्त्र प्रहरीले भैंसी नियन्त्रणमा लिएको : पुर्व पालिका प्रमुख मियाँको आरोप

26

पुस, २७ पर्सा, जगत राई

हासिम सपलार्यसका संचालक महम्मद हासिमले शनिबार नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरि सशस्त्र प्रहरीका नायव उपरीक्षकले आर्थिक रकम माग गरेको तर आफुहरुले रकम नदिएकै कारण भन्सार चलान गरेको आरोप लगाएका छन ।

जगरनाथपुर गाउँपालिकाका पुर्व प्रमुख जालिम मियाले बताए अनुसार बिहीबार साझ ६ बजेतिर भिखमपुरका सशस्त्र प्रहरीले २ लाख रकम माग गरेको दावी गरेका छन् । उनले भने भैंसी नेपालमा खरिद गरेको त्यो पनि आफ्नै जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ भैंसी ब्यापार लाग्ने बजारबाट ७ वटा भैंसी ७ वटा पाडी , २ वटा सागा र ४ वटा पाडा खरिद गरेर घर तर्फ लैजाने क्रममा पक्राउ गरेको बताए ।

हामीलाई २ लाख खर्च दिनु नत्र भैंसी भन्सार बुझाउछौ भनेर बताएको तर हामीले भन्यौं भारतबाट ल्याएको भए पो पैसा खर्च गर्ने यहीँबाट खरिद गरेको त्यो पनि फर्मको नाममा खरिद भएको यसरी अनाहकमा दुःख दिनु भएन भनेर बताएको भए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर पत्रकार सम्मेलन मार्फत सशस्त्र प्रहरीको भन्डाफोर गरेको मियाले पत्रकार सम्मेलनमा बताएका छन् ।

हाम्रो काम लिगल छ पैसा दिने भनेर बताएको भए पनि अन्तयमा भन्सार कार्यालयमा बुझाउने क्रममा भन्सार प्रमुखले यो नेपालको भैंसी हो हामी कुनै कारवाही गर्दैनौ बताएको भए पनि हाम्रो सुनुवाइ नभएको समेत मियाले बताए । हामीसंग भएको सम्पूर्ण कागजातहरु देखाएको तर शस्त्रप्रहरीले कागजात नै हेर्न नमानेपछि हामी पत्रकार सम्मेलन गरेको बताए । अहिले भिखमपुरबाट रकम दिनेलाई मात्र खाद्यान्न तथा अन्य सामानहरु नेपाल भित्र्याउन दिने यद्यपि कसैले रकम नदिए कुनै पनि खाद्यान्न मल खाद्य तथा अन्य सामाग्रीहरु ल्याउन नदिने समेत सो पत्रकार सम्मेलनमा नेता मियाले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.