प्रथम अल्पाइन टि २० क्रिकेट प्रतियोगिता पुनः सुचारु , बिहिवारको खेलमा ग्लोबल बिजनेस र नेशनल ईन्फोटेक बिजयी
१० फाल्गुन, वीरगंज
प्रथम अल्पाइन टि२० कप (२०८० प्रतियोगिता कर्फ्युको कारणले २ दिनको विश्रामपछि आज देखि पुनः सुचारु भएको छ । वीरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा बिहिवार भएको पहिलो खेलमा ग्लोबल बिजनेस कलेज ९ विकेटले बिजयी भएको हो ।
पहिले ब्याटिङ गरेको ओम नेसनल एकेडेमीका ब्याटरहरुको झिनो प्रदर्शन गर्दै १६।१ ओभरमा मात्र ५१ रनमा अल आउट भएको थियो । ग्लोबल बिजनेश कलेजका रोशन कुमार साहले उत्कृष्ट बलिङको प्रदर्शन गर्दै ४ ओभरमा १ मेडेन गर्दै १५ रनमा ५ विकेट प्राप्त गरि ओम नेसनलको पारी ध्वस्त पारेका थिए भने अनुज कुमार पटेलले ४ ओभरमा १ मेडेन गर्दै १३ रनमा २ विकेट लिएका थिए ।
त्यस्तै ५२ रनको बिजयी लक्ष्य पछ्याएको ग्लोबल बिजनेस कलेजले सानदार प्रदर्शन गर्दै ७।४ ओभरमा १ विकेटको नोक्सानीमा प्राप्त गरि बिजयी भएको थियो । ग्लोबलका निरज कुमार २८ बलमा १ चौका १ चक्काको मद्दतले अविजित २३ रन बनाए भने विवेक यादब १८ बलमा ३ चौकाको मद्दतले अविजित २२ रन बनाएर आफ्नो टिमलाई ९ विकेटको सानदार विजयी दिलाए ।
आजको खेलमा सानदार बलिङ गर्दै ५ विकेट लियेर जितमा महत्त्वपूर्ण भुमिका खेलेका ग्लोबल कलेजका रोशन कुमार सश म्यान अफ द म्याच घोषित भएका छन । साहलाइ मधेश प्रदेश क्रीकेट टिमका पुर्व क्याप्टेन सुरज पटेल्स्ले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।
जारि क्रीकेट प्रतियोगिता टि २० फर्म्याटमा खेलाइने र फाल्गुन १७ सम्म चल्ने पुर्व निर्धारित कार्यक्रमलाई २ दिनको विश्राम पछि पुनः सच्चयाउदै अब समूह चरणका खेलहरु १० गते देखि १२ गते सम्म चल्ने र क्वाटर फाइनल खेल १४ र १५ फाल्गुनमा २(दुई खेलहरुको आयोजन हुनेछ । त्यस्तै १७ गते २ सेमिफाइनल खेल र १९ गते दिनको ११ बजे फाइनल खेलको आयोजना हुने अल्पाइन सेकेन्डरी स्कुलका सस्थापक तथा कार्यक्रम संयोजक बिनोद उपाध्यायले बताउनु भयो ।
यसैगरी दोश्रो खेलमा नेसनल इन्फोटेक कलेज १० विकेटले बिजई भएको छ ।
टस जीतेर मेरीगोल्ड मावीले पहिले बैटिगं गर्ने निर्णय गरेको थियो । उसले १४.३ ओभरमा सबै विकेट गुमाएर ५६ रनको योगफल तयार गरेको थियो । मेरीगोल्डका लागि राहुल कुमार गुप्ताले सार्वाधिक १२ रन बनाएका थिए । यसैगरी कलिम अंसारीले ८, आमिर सिदिकिले ६ रन बनाएका थिए । बाकी खेलाडीले रन बनाउन सकेनन । ५७ रनको झिनो लक्ष्यको सामना गर्न फिल्डमा उत्तेको एनआई कलेज बिना विकेट गुमाई मात्र ५ ओभरमा जीत हासिल गर्या । उसको जीतमा नेशनल ईन्फोटेक कलेजका ओपनर खेलाडी राहुल हक २९ र राहुल महतोले १४ रनको योगदान दिएका थिए । दाश्रो खेलको म्यान अफ दी म्याच नेशनल ईन्फोटेक कलेजका वासमि अलि मनसुरी घोषित भएका थिए । उनले ४ ओभमा १९ रन खर्चेर ३ विकेट लिएका थिए ।