ई – स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन
वीरगन्ज ,११ फागुन
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेकोे ई – स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन भएको छ ।
वीरगन्जमा शुक्रबार भएको भेलाले ई -स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको ७ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । नवगठित कमिटीको अध्यक्षमा सुरज यादव , उपाध्यक्षमा राजन गुप्ता ,सचिवमा सदाम हुसेन , कोषाध्यक्षमा अतुल श्रीवास्तव चयन भएका छन । यस्तै सदस्यहरुमा विशाल सिंह बोगटी , बिपिन चौधरी र अंकित चौधरी चयन भएका हुन ।
भेलामा राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजराको प्रमुख अतिथ्यता र ई- स्पोर्ट्स एसोसिएसन अफ नेपालका केन्द्रिय सचीव सजिव भट्टराईको विशेष उपस्थिति रहेकोे थियो । यस्तै भेलामा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव , नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत र नेपाल खेलकुद महासंघ महानगर कमिटीका सह(सचिव अमन कुमार पटेलको उपस्थिति रहेकोे थियो ।