पर्सामा डिपबोरिङ खन्नु अघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने

40

वीरगञ्ज :  पर्सामा डिपबोरिङ खन्नु अघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको विपद्सँग सरोकार भएका निकायसँगको बैठकले अब डिपबोरिङ जडान गर्नु अघि अनुमति सहित सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।

जथाभावी डिपबोरिङ खन्ने क्रम बढेकाले अनुमति लिनुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । शहरी क्षेत्र सहित विभिन्न ठाउँमा जडान गरिएका डिप बोरिङबाट लाभान्वित जनसङ्ख्या र बोरिङको अवस्थासमेत अनुगमन गर्ने निर्णय भएको छ ।

रोपाइँ हुन नसक्दा क्षति व्यहोरेका किसानलाई पर्न गएको क्षतिको मूल्याङ्कन गरी आवश्यकता अनुसार क्षतिपूर्ति वितरण गर्न समितिमा कृषि ज्ञान केन्द्रले तथ्य, तथ्याङ्क एवम् विवरण पेश गर्ने निर्णय भएको छ ।

त्यस्तै नेपाल र भारतबीचमा गण्डक नहरको पानीका सम्बन्धमा भएको लिखित सम्झौता र प्रतिबद्धता अनुसार पानी प्राप्त नभएको र सम्झौता बमोजिम आठ सय ५० क्यूसेक पानी उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्फत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।

Leave A Reply

Your email address will not be published.