पिपरामा ४५ दिने व्युईटिसियन तालिम शुरू

580

१४ फाल्गुन वीरगन्ज , आनन्द पटेल
पर्साको धोबिनी गाउँपालिका वडा नं १ पिपरामा सोमबारदेखि ४५ दिने व्युईटिसियन तालिम शुरू भएको छ ।

वडा नं १ का वडा अध्यक्ष बन्धु साह तेलीको अध्यक्षतामा शुभारम्भ भएको व्युईटिसियन तालिम कार्यक्रममा ३० जना महिलाहरुको सहभागिता रहेको जनाईएक छ ।

कार्यक्रमको समुद्घाटन गर्दै वडा अध्यक्ष बन्धु साहले यस तालिमबाट महिलाहरुले सीप सिकेर व्यवसायिक रुपमा अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताए । वहाँले यस टोलमा रहेका महिलाहरुलाई सीप विकाससँगै आर्थिक रूपमा पनि सबल बनाउन आफू लागिपरेको बताए ।

उनले ४५ दिनको यो अभियानमा सहभागी महिलाहरुले राम्रै सीप सिकेर व्यवसायिक रुपमा अगाडि बढ्ने र आफू हरसम्भव यस टोलको विकासको लागि तयार रहेको प्रतिबद्धता जनाए ।

श्री कवालिटी व्यवसायिक सीपको आयोजनामा सो तालिम शुरू गरिएको हो । उद्घाटन कार्यक्रममा धोविनी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, वडा सदस्य वीरेन्द्र साह,प्रशिक्षक रानी यादव, सञ्जना पटेल, रामानन्द ठाकुर लगाएतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.