ओमानमा हुने टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टोली घोषणा

46

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी बुधबारदेखि ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।

यूएईमा वेस्ट इन्डिज विरुद्धको तीन खेलको शृंखलामा सहभागी १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका छन्। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार बाँकी खेलाडीहरू मध्ये सन्दीप लामिछानेलाई पनि यस पटक टोलीमा समावेश गरिएको छ। लामिछानेलाई वेस्ट इन्डिजविरुद्ध अन्तिम दुई खेलमा निलम्बन गरिएको भए पनि उनले विश्वकप छनोटका लागि स्थान सुरक्षित गरेका हुन्।

घोषित टोलीमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन्।

नेपालको टोली प्रतियोगितामा भाग लिन ओमान पुगिसकेको क्यानले जनाएको छ। नेपाली टोलीले यस छनोट मार्फत टी–२० विश्वकप २०२६ मा स्थान बनाउने लक्ष्य राखेको छ।

Leave A Reply

Your email address will not be published.