धोरेमा आगलागीबाट गोठघर जलेर नष्ट, लाखौंको क्षति
वीरगञ्ज । पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका–१, धोरेमा बिजुलीको तार सर्ट हुँदा गोठघरमा आगलागी भई लाखौं मूल्य बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार धुपनाथ राउतको गोठघरमा आज बिहान करिब २ बजेतिर आगलागी भएको हो। सूचना प्राप्त लगत्तै प्रहरी चौकी धोरेबाट प्रहरी नायव निरीक्षक भन्टु राय यादवको नेतृत्वमा टोली खटिएर स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट गोठभित्र रहेको BR 05AS 4879 नम्बरको TVS मोटरसाइकल, एक थान साइकल र एक थान बिजुली मिटर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। सोही आगलागीमा गोठभित्र रहेका एक भैंसी र दुई पाडीको ढाड करिब १० प्रतिशत भाग पोलिएर घाइते भएका छन्।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब एक लाख छयासी हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। यद्यपि, यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
आगलागीको कारण बिजुलीको तार सर्ट हुनु नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।