अल्पाइन इन्टर कलेजको उपाधी नेशनल इन्फोटेकलाई

764

१९ फागुन वीरगञ्ज, आनन्द पटेल
पर्सामा सम्पन्न अल्पाइन इन्टर कलेज टी २० क्रिकेटको उपाधी नेशनल इन्फोटेक कलेजले हात पारेको छ । वीरगञ्जमा शनिबार भएको फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई १६ रनले हराउँदै नेशनले उपाधी चुमेको हो ।

नारायणी क्रिकेट मैदानमा सम्पन्न फाईनल खेलमा टस जितेर ब्याटिङ रोजेको नेशनलले २० ओभरमा पूरै विकेट गुमाएर एकसय २२ रन बनायो । जवाफी ब्याटिङ गरेको ग्लोबल निर्धारित ओभरमा ६ विकेट गुमाएर १०६ रनमै अल आउट भएको हो ।

आजको खेलमा महम्मद सरिफ अन्सारी म्यान अफ दि म्याच घोषित भएका छन् । यसैगरी प्रतियोगितामा बेश्ट बैटसमेन ग्लोबल बिजनेश कलेजका निरज यादव घोषित भएका छन । उनले २४७ रन बनाएका छन । उनलाई सिल सहित एक जोडी जुत्ता प्रदान गरिएको थियो । यसैगरी प्रतियोगितामा सर्वकृषट बवलर नेशनल ईन्फोटेक कलेजका वासिम अलि मन्सुरी , उतकृषट खेलाडी विपिसी कलेजका संदिप सिंह घोषित भए । उनले १०१ रन बनाउनुको साथै १० विकेट लिन सफल भएका थिए । यी सबै खेलाडीहरुलाई सिल र एक जोडी जुत्ता बितरण गरिएको थियो ।

प्रतियोगिताका संयोजक विनोध उपाध्याले बिजेता टिमलाई बधाई तथा उपबिजेता टिमलाई अझ राम्ररीसंग खेल्न शुभकामना दिएका थिए । उनले यस प्रतियोगितामा भाग लिएका १६ वटै टिमलाई भारतको एक उतकृषट क्रिकेट एकाडेमीमा खेलाडीहरुलाई त्याहा गएर अझ क्रिकेट सिक्न अवसर प्रदान भएको बताए । उनले यस प्रतियोगितालाई सफल बनाउनमा पर्सा क्रिकेट संघ, कलेज, अम्पायर, शुभचिन्तक, संचारकर्मी लगायतलाई धन्यबाद दिए । साथै आउने दिनमा अझ राम्ररी तरिकाले यस्ता किसिमको प्रतियोगिताहरु गराउदै जाने प्रतिबद्धता जनाए ।

Leave A Reply

Your email address will not be published.