पर्सामा सब भन्दा बढी मुद्धा फछर्याैट गरेको न्यायीक समिती संयोजक– महतो

501

 

२३ फाल्गुन पर्सा, आनन्द पटेल

पर्साको पटेर्वा सुगौली गाउँपालीकामा आर्थिक वर्ष २०७४÷७५ देखी लिएर आर्थिक वर्ष २०८०÷८१ सम्मा २२० वटा मुद्धाहरु दर्ता भएका छन । जस मध्ये २०७ वटा मुद्धाको फछर्यौट भईसकेको गाउँपालिकाकी न्यायीक समितीका संयोजक ममता महतोले जानकारी दिईन ।

बाकी १३ वटा मुद्धाहरुमा छलफल चलिरहेको संयोजक महतोले बताईन । १२० वटा मुद्धाहरु मध्ये सब भन्दा बढी जग्गा समबन्धी लेनदेनका मुद्धाहरु दर्ता भएको छ । लेनदेनको मुद्धा ८० वटा , झैझगडाका २० वटा, जेष्ट नागरिक पालन पोषणका ५ वटा मुद्धा, अन्स मुद्धा १० वटा, श्रीमान श्रीमती बिचको झै झगडाको मुद्धा २ वटा यसैगरी वातावरण प्रदुषणका मुद्धाहरु २ वटा, घरपालुवा जनावर समबन्धी मुद्धा २ वटा, ज्याला मजदुरीका ३ वटा रहेका छन ।

यसैगरी बाटो बिवाद र जग्गा किचलो गरेको ९ वटा मुद्धाहरुमाथी निरन्तर छलफल भईरहेको र केही मुद्धाहरु टुंगीने चरणमा रहेको गाउँपालीकाकी उपमेयर समेत रहेकी ममता महतोले बताईन ।
२०७४ सालमा पहिलो पटक निर्वाचित भएर न्यायीक समितिको संयोजकको रुपमा काम गर्दा अलि कठिन भएको तर यही काम विगत ५ बर्ष देखि निरन्तर गरिरहँदा अब चाहीँ त्यति समस्या नभएको समितिका संयोजक महतोले बताइन् ।

‘उनले भनिन् सायद मैले राम्रै काम गरेकै कारण जन्ताले मलाई दोस्रो पटक निर्वाचित गराएर काम गर्न पठाएको उनले बताईन् । “हामीले सकेसम्म पालिकामै स्थानियहरुको समस्याहरूलाई समाधान गर्ने गरेको र जटिल खालका मुद्दाहरूलाई सम्बन्धित ठाउँमा जानु भन्ने सलाह दिने गरेको उनको भनाई छ ।

”आफ्नो पहिलो कार्यकालमा हामीले १७५ वटा मुद्दाहरू हेर्ने गरेको र धेरै जसो मुद्दाहरू मेलमिलाप केन्द्रमा पठाउने गरेको उनले बताईन् । हामीले यस गाउँपालिकाको हरेक वडामा मेलमिलाप केन्द्र गठन गरेको पनि उनले जानकारी दिइन् । एउटा फरक प्रसङ्गमा उनले हामीकहाँ आएको अधिकांस मुद्दाहरू हामीले कम भन्दा कम खर्चमा मुद्दाको टुंगो लगाउने गरेको उनले बताईन् ।

‘यहाँका स्थानियहरुको बढी पैसा खर्च नहोस्, वहाँहरुलाई वीरगन्ज लगायत अरु ठाउँहरूमा जान नपरोस् भनेर हाम्रो प्रयास निरन्तर हुन्छ । काम गर्ने सिलसिलामा सबैलाई खुश पार्न सकिदैन त्यसकारण चित नबुझेका केही मुद्दाहरू जिल्ला अदालतमा गएको उनको भनाई छ ।
यस पालिकामा जुन सुकै मुद्दाहरू आए पनि हामीले सम्बन्धित टोलका वडा अध्यक्षहरू, समितिका सदस्यहरु लगायतलाई समेटेर समस्याको समाधान गर्ने गरेको उनको भनाई छ । यस कार्यमा न्यायिक समितिका कानुनी सल्लाहकार अमय कुमार दास, शिवबालक ठाकुर लोहार, गीता देवी थरुनी , नन्दकिशोर प्रसादले धेरै सहयोग गर्ने गरेको उनले बताईन् ।

अन्त्यमा उनले पर्सा जिल्लाको अरु स्थानीय तह भन्दा यस पटेर्वा सुगौली गाउँपालिकामा न्यायिक समितिले राम्रै काम गरिरहेको गाउँपालिकाकी उपमेयर समेत रहेकी ममता महतोले बताईन । उनले मधेसी समाजमा एउटा महिला भएर काम गर्नु सधैं चुनौतीको विषय रहेको तर सबैको साथ र सहयोगले नै काम गर्न सजीलो रहेको उनको भनाई छ । यसका साथै उनले एउटा उपमेयरले गर्ने सबै काम गरिरहेको र आफ्नो अधिकान्स समय स्थानियहरुको सेव गर्नमा नै बितिरहेको उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.