बंगलादेशमा ऐतिहासिक फैसला : पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्ड
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक विशेष अदालतले मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड को सजाय सुनाएको छ।
गत वर्ष सरकारविरोधी आन्दोलनका क्रममा भएको कठोर दमनका लागि उनी जिम्मेवार ठहर गरिँदै अदालतले अनुपस्थितेमै फैसला सुनाएको हो। वर्तमानमा भारतमा निर्वासनमा बस्दै आएकी हसिनामाथि प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको आरोप लगाइएको थियो।
यसै प्रकरणमा तत्कालीन गृहमन्त्रीलासमेत मृत्युदण्डको सजाय सुनाइएछ भने पूर्वप्रहरी प्रमुखलाई पाँच वर्ष कैद सजाय तोकिएको अदालतले जनाएको छ।
फैसलामा प्रहरीले गरेको कारबाही, हिंसा र त्यतिबेला भएका मानवअधिकार उल्लंघनका विस्तृत विवरण समेटिएका छन्। सजाय सुनाइएका व्यक्तिमध्ये पूर्वप्रहरी प्रमुख अब्दुल्ला अल–मामून मात्रै अदालतमा उपस्थित थिए।
शेख हसिनाले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै यो राजनीतिक प्रतिशोध भएको प्रतिक्रिया दिँदै आएकी छिन्।