१५ वर्षपछि विराट कोहली विजय हजारे ट्रफी खेल्ने

51

भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले १५ वर्षपछि विजय हजारे ट्रफी खेल्ने भएका छन् । डिसेम्बर २४ मा शुरू हुने विजय हजारे ट्रफीमा आफ्नो उपलब्धता हुने उनले पुष्टि गरेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार, यो जानकारी दिल्ली र जिल्ला क्रिकेट संघ (डीडीसीए)का अध्यक्ष रोहन जेटलीले प्रदान गरेका हुन् ।

कोहली अब अन्तर्राष्ट्रिय क्रिकेटमा केवल एक ढाँचा ९एकदिवसीय० खेल्छन् । उनी हाल दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय शृङ्खलामा व्यस्त छन् । पीटीआईका अनुसार, कोहली १५ वर्षपछि विजय हजारे ट्रफीमा फर्कने तयारीमा छन् । उनले अन्तिम पटक फेब्रुअरी २०१० मा यो प्रतियोगिता खेलेका थिए ।

३७ वर्षीय कोहलीले रांचीमा दक्षिण अफ्रिका विरुद्धको शृङ्खलाको पहिलो खेलमा आफ्नो ५२ औं एकदिवसीय शतक बनाएका थिए।

Leave A Reply

Your email address will not be published.