सन लाइट T–20 अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता दोस्रो सिजन सुरु : सन लाइट स्कूलको विजयी सुरुवात

119

मंसिर २२, वीरगञ्ज, आनन्द पटेल

नारायणी क्रिकेट रंगशालामा जारी सन लाइट टी–२० अन्तर–विद्यालय क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा सन लाइट स्कूलले ओम नेसनललाई ५ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। पहिलो इनिङमा ओम नेसनलले १५ ओभरमा ८ विकेटको क्षतिमा ६१ रन बनाएको थियो, जसमा सिधार्थ गुप्ताले १५ र विवेक मण्डलले ९ रन जोडे। बलिङतर्फ सन लाइटका सुभम गुप्ता र अब्दुल मालिकले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः ३–८–२ र ३–९–१ को प्रभावकारी बलिङ गरे।

जवाफी ब्याटिङमा सन लाइट स्कूलले १४ ओभरमै ५ विकेट गुमाउँदै ६२ रन जोडेर खेल आफ्नो पक्षमा पारेको हो। टिमका लागि अजाद अन्सारीले १७ रन र चन्दन यादवले १६ रनको महत्वपूर्ण योगदान दिए। ओम नेसनलका मन्दिप यादव र रवि चौरसियाले किफायती बलिङ गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। उत्कृष्ट प्रदर्शनका लागि सन लाइटका सुभम गुप्ता खेलका म्यान अफ द म्याच घोषित भए।

कार्यक्रमका प्रमुख अतिथि लिटिल एन्जल स्कूलका निर्देशक मनी पाख्रिन र मिनिल्याण्ड स्कूलका निर्देशक लालबाबु पटेलले संयुक्त रूपमा उद्घाटन गर्दै सन लाइट क्रिकेट प्रतियोगिताले बाल–खेलाडीहरूलाई सिक्दै–खेलेर भविष्यमा राम्रो खेलाडी बन्न प्रेरणा तथा अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। उहाँहरूले खेलाडीहरूले अनुशासित भएर खेल्नु, सिक्नु र निरन्तर अभ्यास गर्नु अनिवार्य रहेको उल्लेख गर्दै प्रतियोगिताले आगामी वर्षहरूमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने अपेक्षा व्यक्त गरे।

प्रतियोगिताको अध्यक्षता सन लाइट स्कूलका सञ्चालक आलोक चौरसियाले गरेका थिए। उनले यो प्रतियोगिता दोस्रो संस्करण रहेको बताउँदै गत वर्षझैं यसपालि पनि विभिन्न विद्यालयका निर्देशक, प्रिन्सिपल, प्रशिक्षक, खेलाडी तथा सञ्चारकर्मीको उपस्थितिले कार्यक्रम अझ उत्साहजनक बनेको बताए। चौरसियाका अनुसार प्रतियोगितामा यस वर्ष कुल १२ वटा विद्यालय सहभागी छन् र खेलहरू नारायणी क्रिकेट रंगशालामा प्रतिस्पर्धात्मक माहोलमा भइरहेका छन्।

Leave A Reply

Your email address will not be published.