नेपाली राजनीतिमा युवाको भूमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

6

मंसिर २७ वीरगन्ज –

नेपाली संकायको आयोजनामा कक्षा १२ का १० वटा सेक्सनका विद्यार्थीहरूको सहभागितामा अन्तर–सेक्सन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले “नेपाली राजनीतिमा युवाको भूमिका” विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

वक्ताहरूले युवाहरू परिवर्तनका संवाहक भएको, लोकतन्त्रको सुदृढीकरणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको तथा राजनीतिक नेतृत्वमा युवालाई अवसर दिनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रमले विद्यार्थीहरूमा राजनीतिक चेतना, अभिव्यक्ति क्षमता तथा नेतृत्व विकासमा सकारात्मक प्रभाव पारेको आयोजक पक्षले जनाएको छ।

प्रतियोगितामा अनुष्का बस्नेत प्रथम, सन्तोषी सुबेदी द्वितीय तथा पूजा यादव तृतीय स्थान हासिल गर्न सफल भइन्।

कार्यक्रममा निर्णायकको भूमिकामा अंग्रेजी संकायका विभागाध्यक्ष शुभंकर ठाकुर, अर्थशास्त्र संकायका विभागाध्यक्ष अतुल श्रीवास्तव तथा व्यवसाय अध्ययन संकायका विभागाध्यक्ष रामबाबु प्रसाद चौरसिया रहनुभएको थियो। कार्यक्रममा शिक्षकद्वय दुर्गा म्याम र अनिता म्यामको उपस्थिति रहेको थियो।

कार्यक्रमबारे नेपाली संकायका विभागाध्यक्ष आर. सन्दीपले जानकारी दिनुभएको हो। प्रतियोगिताको अन्त्यमा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो।

Leave A Reply

Your email address will not be published.