प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट: नवौँ दिन चार खेल सम्पन्न

92

प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट: नवौँ दिन चार खेल सम्पन्न

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताको नवौँ दिन चारवटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।

आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा सहभागी बालक तथा बालिकाहरूले उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए।

नवौँ दिनको पहिलो खेल (बोयज) मा ब्लू हेभेन एकेडेमीले MES लाई ४ विकेटले पराजित गर्दै जित हात पारेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका ब्लू हेभेनका आलोक पटेल म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेल (गर्ल्स) मा ओएम नेसनल एकेडेमीले मनकामना सेकेन्डरी स्कुललाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेकी ओएम नेसनलकी अन्जली साह म्यान अफ द म्याच घोषित भइन्।

तेस्रो खेल (बोयज) मा मनकामना सेकेन्डरी स्कुलले लिटल एन्जल्स सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्दै शानदार जित दर्ता गर्‍यो। उक्त खेलमा साहिल हुसैन म्यान अफ द म्याच बने।

यस्तै, चौथो खेल (गर्ल्स) मा गौतम स्कुलले सनसाइन एकेडेमीलाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्दै दबदबा कायम राख्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी श्रेेष्ठा बस्नेत म्यान अफ द म्याच घोषित भइन्।

आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै क्रिकेटप्रति आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

Leave A Reply

Your email address will not be published.