१५७ जनालाई लालपुर्जा वितरण गर्न लागिएको राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष . अहमद

492

४ चैत्र, वीरगंज

राष्ट्रिय भूमि आयोगले पर्साले आज नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमार्फत आफुहरुले अहिलेसम्म काम गरेको उपलब्धि बारे सार्वजनिक गरेको छ। पर्सा जिल्लामा ६ हजार ८८९ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास रहको अहिलेसम्मको तथ्यांकको सूचीकृत रहेको बताएका छन । भूमि आयोग पर्साले पत्रकार सम्मेलनमा स्थानीय सरकारले आफुहरुलाई खासै सहयोग नगरेको अध्यक्ष अहमदले बताए ।

हामीले धेरै काम गर्न खोजेको तर स्थानीय सरकारका प्रमुखहरुले चासो नदिएका कारण आज ९ वटा पालिकाको अवस्था गम्भीर रहेको बताए । हामीले अहिलेसम्म गरेको प्रगतीका बारेमा जानकारी गराउदै भने यस अघिका आयोगले काम नै नगरी सरकारी तलब खाने काम गरेको आरोप पनि लगाए।

उनले भने पर्साका स्थानीय तहमा गरी १३ सय ६३ जना भूमिहीन दलित, २५ सय ७७ जना भूमीहीन सुकुम्वासी र २९ सय ४९ जना अव्यवस्थित बसोबास रहेका आयोगका अध्यक्ष तबरेजअहमदले बताएका हुन । अध्यक्ष अहमदका अनुुसार पर्सा जिल्लाको ठोरी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, बहुदरमाइ नगरपालिका र वीरगञ्ज महानगरपालिकामा बढी भूमीहीनको समस्या रहेको बताए । ठोरीमा भूमिहीन दलित २६ जना, भूमीहीम सुकुम्वासी १७ सय ४० जना र अव्यवस्थित बसोबासी १९ सय ६ जना सूचीकृत भएको अध्यक्ष अहमदले बताएका छन् । पर्सागढीमा भूमिहीन दलितको संख्या ७ सय ७२, भूमीहीम सुकुम्वासी ३ सय ५७ र अव्यवस्थित बसोबासी ५ सय ५४ जना रहेका छन् । सबैभन्दा कम भूमीहीनको समस्या भने वीरगञ्ज महानगरपालिकामा देखिएको हो ।

आयोगका अध्यक्ष अहमदका अनुसार ५ वटा स्थानीय तह बाहेक अन्य ९ वटा स्थानीय तहमा लगत संकलनको काम भइरहेको तर आफुहरुले जुन अपेक्षा लिएको त्यो भन्दा कम भइरहेको बताएका हुन । पर्सा जिल्लाबाट सूचीकृत भएका ६ हजार ८८९ जना मध्ये पहिलो चरणमा १५७ जनाले लालपुर्जा प्राप्त गर्ने तयारी रहेको सो पत्रकार सम्मेलनमा अध्यक्ष अहमदले बताएका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्साले १५७ जना परिवारलाई जग्गाको लालपुर्जा वितरण गर्ने तयारी गरेको अध्यक्ष अहमदको भनाइ रहेको छ। उनकाअनुसार बैशाखको पहिलो हप्ता भित्रबाट लालपुर्जा वितरण गर्ने योजना रहेको छ । पत्रकार सम्मेलनमा सदस्य सचिव नापी कार्यालयका प्रमुख राकेश कुमार झाँ,आयोगका सदस्य हेमा भट्टराई ,सुरेन्द्र सिंह ,अमिन विवेक पटेल ,मुकेश प्रसाद यादव ,लक्ष्मण कुर्मी ,लगायतको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.